स्याङ्जाका १२ महिने शिशुका आमाबुवामा छैन कोरोना
कोरोना पुष्टि भएका स्याङ्जा अर्जुनचौपारीका १२ महिने शिशुका आमाबुवामा कोरोना नेगेटिभ देखिएको छ ।
संक्रमित शिशुका २२ वर्षे आमा र २५ वर्षका बुवामा कोरोना संक्रमण नदेखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर कुमार केसीले जानकारी दिए ।
उनले भने, ‘हामीले संक्रमित बच्चाको आमाबुवाको नाम र उमेर हे¥र्यौं । तर रिपोर्ट नेगेटिभ रहिछ । कसरी स¥यो सोेधपुछ गर्दैछौं ।’ गत ३१ जेठमा आमाबुवासँगै भारतबाट आएर क्वारेन्टाइनमा बसेका शिशुमा शनिबार बिहान कोरोना पुष्टि भएको थियो ।
संक्रमित शिशु भारतको दिल्लीबाट आमाबुवासँगै आएर ३१ जेठमा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए । कोरोना पोजेटिभ देखिएका गाउँपालिकाका सबै १९ जना वडा नम्बर ५ को कालिका आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेको स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेपछि उक्त क्वारेन्टाइनका ४१ जनाको स्वाब परीक्षणका लागि ५ असारमा पोखरा पठाइएको थियो । ४१ जनामध्ये बाँकी रिपोर्ट नेगेटिभ आएका २२ जना संक्रमितको सम्पर्कमा आए/नआएको यकीन गरेर मात्रै घर पठाइने भएको छ ।
‘संक्रमित भेटिएको क्वारेन्टाइनमा नेगेटिभ रिपोर्ट आउने पनि हुनुहुन्छ । ५ गते स्वाब लिएकाले यत्तिकै घर पठाउन मिल्दैन,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले भने, ‘नेगेटिभ आउनेहरु अरुसँग कत्तिको हेलमेल हुनुभयो । दुरी कायम गर्नुभयो/भएन भन्ने बुझेर मात्रै पठाउँछौं ।’
संक्रमित १९ सहित शिशुकी आमालाई हेलुस्थित कालिका सामुदायिक अस्पतालमा पठाउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए।
गाउँपालिकाको क्वारेन्टाइनमा अहिले ९२ जना बसिरहेको उनले बताए । तीमध्ये ८१ जना भारतबाट र ११ जना तेस्रो मुलुकबाट आएका हुन्। गाउँपालिकाले बाहिरबाट आएकालाई राख्न विभिन्न ६ ठाउँमा क्वारेन्टाइन बनाएको छ ।समाधान न्युज डटकम
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


