रुपन्देही हुँदै पाल्पा आई पुग्यो सलह !
पाल्पा : प्रदेश नम्बर ५ सरकारले सलह किरा सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ । प्रोत्साहन स्वरुप किरा सङ्कलन गर्नेलाई रकम उपलब्ध गराउने निर्णय भएको कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ की वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले जानकारी दिनुभयो ।
सङ्कलन गरिएको सलह किरा स्थानीय तहमा बुझाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउने अधिकारीले बताउनुभयो ।
भारतको सीमा क्षेत्र हुँदै रुपन्देहीमा भेटिएको किरा सलह भएको जानकारी दिँदै वरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीले सामान्यतया दुई ग्रामको हुने यो सलह किराले एक दिनमा आफ्नो तौल बराबरको खानेकुरा खाने जानकारी दिनुभयो । ३५ हजार मानिसलाई पुग्ने खानेकुरा सलहको झुण्डले एकै पटक खाने उहाँको भनाइ छ ।
कृषि ज्ञान केन्द्र पाल्पाका प्रवक्ता सन्तोष पाठकले रुपन्देहीबाट पाल्पाको दोभान हुँदै सलह किरा सराई र पोखराथोकसम्म आइपुगेको बताउनुभयो । केही किरा दोभान क्षेत्रमा बसेको पाठकको भनाइ छ । उज्यालो अनलाईन
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


