पछिल्लो २४ घण्टामा ५९३ मा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना पुष्टि भएको छ।

शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनु भयाे ।

पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो।

जसमा १०७ महिला र ४८६ पुरुष रहेको प्रवक्ता गौतमले बताउनु भयाे ।

योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ। जसमा १२ सय ४९ महिला र १० हजार ५०६ पुरुष रहेका छन्।

Facebook Comments Box
TOP