गण्डकी प्रदेशमा आज थपिए १६ जना संक्रमित,संक्रमितको संख्या ५ सय नाघ्यो ।
स्याङ्जा :
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको हो । आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बागलुङमा ९ जना संक्रमित थपिएकाछन् । गल्कोट नगरपालिकका ४ पुरुष, ढोरपाटन नपाका १ पुरुष, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकाका १ कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै म्याग्दीमा ४ जना थपिएका हुन् जसमा रघुगगा गाउँपालिका २ महिला, मंगला गाउँपालिकाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पर्वतको कुश्मा नगरपालिकाका २ पुरुष र तनहुँको रिसिङ गाउँपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डाक्टर शर्माले जानकारी दिनुभयो ।
गण्डकीका ५०४ जना संक्रमित मध्ये ४९ जना निको भएर घर फर्किएकाछन् भने १ जना संक्रमितको निधन भएको छ । यसअघि शनिवार मात्रै १०८ जना संक्रमित थपिएका थिए ।
आज इतिहासकै दुर्लभ खण्डग्रास सूर्य ग्रहण लाग्दै, कति बजे लाग्ने र क–कसले हेर्न हुने र नहुने ?
.

समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


