‘नीतिगत भ्रस्टाचार अब रोकिनुपर्छ, जताततै भ्रष्टाचार व्याप्त छ’-सांसद मल्ल
गण्डकी प्रदेश सभामा बजेटमाथिकाे छलफलका क्रममा प्रदेश सभा सदस्य भागवतप्रकाश मल्लले राखेकाे विचार :
अहिलेको बजेट बारेमा छलफल गरिरहँदा गत आवको बजेट किन खर्च हुन सकने भनेर समीक्षा गर्नु जरुरी छ । के अब विकास निर्माणले हामीले पुगेको हो ? हैन भने छुट्याइएको रकम किन खर्च हुन सक्दैन ? सरकार र सरकारी निकाय किन अलमलिएका छन् । कर्मचारी र मन्त्रीबीचको बेमेल हो कि के हो बुझ्न सकिएको छैन ।
प्रदेश नीति तथा योजना आयोगको काम प्रभावकारी देखिएको छैन । अझ यसलाई यो वर्ष बजेट बढाइएको छ ।
स्याङ्जाको गल्याङमा मनकामना सिञ्चाइ योजनामा २५ लाखको काम हुँदा पनि भुक्तानी भएको छैन । पटक पटक डिजाइन परिवर्तन गरिनुपर्छ भनिन्छ । मन्त्रीलाई यसबारेमा सोध्दा पनि भन्दा थाहा छैन भन्ने जवाफ आउँछ ।
आधारभूत खानेपानी नपु¥याउने सरकारले १ घर १ धारा कसरी पु¥याउँछ ? १ निर्वाचन क्षेत्र १ सडक कार्यक्रम पनि प्रभावकारी भएका छैनन् । १ स्थानीय तह १ खेलमैदान भनिएको छ । खै काम कहाँ भयो त ?
सवारी करलाई प्रमुख आम्दानी भनिएको छ । तर यातायात व्यवसायीलाई बजेटले समेट्न सकेन । नवीकरण शुल्कका लागि लकडाउन खुलेको ६० दिन भनिएको छ । यसले मात्र उनीहरुले राहत महसुस गर्न पाउँदैनन् । उनीहरुको संरक्षणमा सरकार संवेदनशील हुनुपर्छ ।
प्रदेश नीति तथा योजना आयोगको काम प्रभावकारी देखिएको छैन । अझ यसलाई यो वर्ष बजेट बढाइएको छ । राम्दी नाकाको पुल निकै जीर्ण भइसकेको छ । नीति तथा आयोगले संघ सरकारसँग समन्वय गर्नुपर्छ ।
बजेट खर्च नगरी ७ अर्ब जोगाउने मन्त्रीज्यूहरलाई धन्यवाद दिन मन लागेको छ । यो वर्ष भौतिक योजनामा बजेट घटाइएको छ । विकास निर्माणका काममा निर्माण व्यवसायीसँग साइनिङ मनि लिइन्छ । नीतिगत भ्रस्टाचार अब रोकिनुपर्छ । जताततै भ्रष्टाचार व्याप्त छ । (समाधान न्युज डटकम)
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


