स्याङ्जामा थपिए ९ जना संक्रमित,जिल्लामा सङ्क्रमितको संख्या ७३
स्याङ्जा :
स्याङ्जामा आज ९ जना कोरोना संक्रमित थपिएकाछन् । जिल्लाको आँधीखोला गाँउपालिकामा २ महिला सहित ४ जना र कालिगण्डकी गाँउपालिकाका ५ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
आँधीखोला गाँउपालिकाका ३४ र ७२ बर्षका महिला तथा १३ र १९ बर्षका पुरुषमा संक्रमण देखिएको हो त्यस्तै कालिगण्डकीका २१,३३,२६,३० र १८ बर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो ।
यो सँगै जिल्लामा संक्रमितको संख्या ७३ पुगेको छ । सात जना निको भए भने एक जनाको निधन भएको छ ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
.

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


