नेपालमा एकैदिन थपिए ५८६ जना संक्रमित, संक्रमितको संख्या ७१ सय ७७ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा ५८६ जना कोरोना संक्रमित थपिएका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ५८६ जनाको रिपोर्ट पोजिटिभ आएको बताउनु भयाे ।
बुधबार थपिएका संक्रमितमध्ये ४० महिला र ५४६ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयाे । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ ७७ पुगेको छ।
अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ।
बुधबारसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका साे अवसरमा जानकारी गराइयाे ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


