प्रदेश सरकारको सहयोगमा गल्याङमा तयार भयो ५० शैयाको आईसोलेसन ।
गल्याङ :
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाका ३ ठाँउमा सुबिधा सम्पन्न आईसोलेसन कक्ष तयार भएकाछन् । अस्पतालको पूर्बाधार भएका ठाँउलाई आईसोलेशनमा परिणत गरिएको हो ।
पछिल्लो पटक गल्याङ नगरपालिकामा रहेको नगर अस्पताललाई आईसोलेशनमा परिणत गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग तथा गल्याङ नगरपालिकाको समन्वयमा आईसोलेशन वार्ड तयार पारिएको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकाको स्वामित्वमा रहेको नगर अस्पताललाई आईसोलेशनमा परिणत गर्नका लागि तत्काल प्रदेश सरकारबाट रु १० लाख प्राप्त भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो । यो रकम निर्माण र संक्रमितको बसोबास तथा खाना, खाजामा खर्च गरिने उहाँले बताउनु भयो । क्वारेन्टीनको जिम्मा स्थानीयतहले र आईसोलेसनको जिम्मा प्रदेश सरकारले लिएको भन्दै प्रजिअ क्षेत्रीले भन्नुभयो, अपुग रकम प्रदेशबाट शोधभर्ना हुँदैजानेछ ।
प्रजिअ क्षेत्री स्याङ्जामा सरुवा भई आए लगत्तै गल्याङमा आईसोलेसन निर्माणका लागि सक्रियता देखाउनु भएको थियो । जिल्लामा संक्रमित बढिरहेको जानकारी पाउनासाथ सम्भव भएको र अस्पतालका पूर्बाधार भएको ठाँउलाई सुबिधा सम्पन्न आईसोलेसन बनाउन प्रशासन सक्रिय भएको प्रजिअ क्षेत्रीले स्पष्ट पार्नुभयो ।
गल्याङको आईसोलेसनमा मंगलबार नै चापाकोटका ३ जना संक्रमितलाई राखिएको प्रजिअ क्षेत्रीले जानकारी दिनुभयो ।
यसअघि कालिका सामुदायिक अस्पतालमा ५० शैयाको आईसोलेशन वार्ड तयार गरि प्रयोगमा ल्याएको थियो जहाँ अहिले पनि ५० जना कोरोना संक्रमितलाई राखिएको छ ।
कालिका सामुदायिक अस्पताललाई आईसोलेशन वार्डमा परिणत गर्न प्रदेश सरकारबाट तत्काल १० लाख उपलव्ध गराईएको थियो भने संक्रमितहरुको खानाको व्यवस्था, उपचार खर्च र स्वास्थ्यकर्मीलाई दिनुपर्ने सेवा सुबिधा प्रदेशले ब्यहोर्ने स्वास्थ्य प्रमुख शर्माले बताउनु भयो ।
त्यस्तै जिल्ला अस्पताल स्याङ्जामा पनि १० बेडको सुबिधा सम्पन्न आईसोलेशन वार्ड रहेको छ । पुतलीबजार नगरपालिकाको समन्वयमा निर्माण गरिएको आईसोलेशनको व्यवस्थापनका लागि प्रदेशले रु १० लाख उपलव्ध गराएको जिल्ला अस्पतालका प्रमुख डाक्टर शुसिल मरासिनीले जानकारी दिनुभयो
जिल्लामा जम्मा संक्रमित भएका ६४ जना मध्ये ७ जना निको भएर घर फर्किएका छन् भने १ जनाको निधन भएको छ । अन्य संक्रमित उपचारमा छन ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


