सुर्खेतमा भएको सडक दुर्घटनामा स्याङजाका युवाको ज्यान गयो ।
आँधीखोला खबर :
सुर्खेतमा भएको मोटरसाईकल दुर्घटनामा स्याङजाका एक युवाको ज्यान गएको छ । बिरेन्द्रनगरको एयरपोर्ट नजिकै भएको दुर्घटनामा परि पुतलीबजार नगरपालिका १ का ३५ बर्षीय अजय आचार्यको ज्यान गएको हो । उनी सवार बा ६४ प ६०४६ नम्बरको मोटरसाईकल दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भिर घाईते भएका आचार्यको उपचारका लागि लैजादै गर्दा बाटोमा नै निधन भएको प्रहरीले जनाएको छ ।
मृतक आचार्य मोटरसाईकलको पछाडि बसेका थिए । उनी ईन्जिनीयर हुन् ।
चालक श्याम प्रसाद दाहालको भने सुर्खेतमा नै उपचार भईरहेको छ । प्रहरीका अनुशार उनको अवस्था पनि गम्भिर रहेको छ ।
स्याङ्जामा थपिए ४ जना संक्रमित संक्रमितको संख्या ६४ पुग्यो ।
समाचार
थप सामाग्री
सरकारले निजि मिडियाप्रती गरेको निर्णय खेदजनक
३ हप्ता अगाडि
आरती कुँवर/वालिङ : नेपाल प्रेस युनियन स्याङ्जाको आयोजनामा सरकारी विज्ञापन रोकिँदा निजी मिडियामा पर्ने असरका बारेमा शनिबार वालिङ नगरपालिकाको सभाहलमा…


