पर्वत : पहिरोमा परि ३ जनाकाे मृत्यु, ६ जना सम्पर्क बिहीन, खोजी जारी
पर्वत : पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिबार रातिको गएको पहिरोमा पुरिएका ३ जनाको शब भेटिएको छ भने ६ जना बेपत्ता भएका छन ।
पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ भने घटनामा अरू ६ जना बेपत्ता भएका छन्।
जिल्ल प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीका अनुसार राती २ बजे सम्म खोजी गरिएको र अहिले बिहानै देखि स्थानिय तथा सुरक्षाकर्मीले खोजी जारी राखेका छन । राती २ बजे पनि पानी परिरहेको र अध्याँरोका कारण खोजी गर्न कठिन भएको थियो । बिहानै देखि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलमा उद्दार र खोजीको काम थालेको उहाँको भनाई छ ।
शनिबार साँझ ६ बजे देखि झण्डै दुई घण्टा भएको भीषण वर्षाका कारण दुर्लुङको काउले ढकालबारी भन्ने ठाउँमा पहिरोले २ घर पुरेको थियो । पहिरोमा परी स्थानीय तुलबहादुर थापा, उहाँकी श्रीमती नीलकुमारी थापा र नातिनी ९छोरातर्फ० अन्दाजी १० वर्षीया विविशा थापाको मृत्यु भएको हो। पहिरोमा परी तुलबहादुरका छोरा र छोरीतर्फका २ नाति बेपत्ता रहेका छन्। भने कमला बिकको परिवारको कमला सहित ३ जना पनि बेपत्ता छन । बेपत्ता हुनेहरुमा सम्राट थापा, दिपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक रहेका छन् । न्युज डबली डटकमबाट
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


