स्याङजाका पत्रकारहरुलाई सेनीटाईजर र मास्क
आँधीखोला खबर :
कारोना नियन्त्रण गर्न भन्दै नेपाल पत्रकार महासंघ स्याङजाले जिल्लामा क्रियाशिल पत्रकार र पत्रकार महासंघका सदस्यहरुलाई मास्क र सेनिटाईजर प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय, द्वय निमार्ण व्यवसायी अर्जुन कार्की र बाबुकाजी श्रेष्ठले उपलब्ध गराएको मास्क र सेनिटाईजर क्रियाशिल संचारकर्मीहरुलार्य प्रदान गरेको हो ।
नेपाल पत्रकार महासंघ स्याङजा शाखाका अध्यक्ष ओमप्रकाश शर्मा र केन्द्रिय पार्षद रोशन लामिछाने वालिङ हुदै गल्याङ सम्म पुगेर मास्क र सेनिटाईजर उपलब्ध गराएका थिए । उनीहरुले जिल्लामा क्रियाशिल तथा महासंघका करिब २५ जनालाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका हुन् ।
फिल्डमा समाचार संकलनको बेला कोरोना संक्रमण फैलन सक्ने बताउदै आफ्ना सदस्यहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले जानकारी दिनुभयो । अध्यक्ष शर्माले पत्रकारहरुलाई कुनै सहयोग नआएको बताउदै मागेर भएपनि स्वास्थ्य सामाग्री वितरण गर्नुपर्छ भन्ने सोच आएर सामाग्री वितरण गरिएको उल्लेख गर्नुभयो ।
५ वटा रोडियो स्टेशन, ३ वटा टेलिभिजन स्टेशन र ८ वटा अखबार र अनलाईनहरु रहेको स्याङजामा करिब ५० जना पत्रकार र संचारकर्मीहरु रहेका छन् । जिल्ला भित्र रहेका मिडिया हाउसहरुलाई समेत मास्क र सेनीटाईजर उपलब्ध गराईएको केन्द्रिय पार्षद लामिछानेले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


