कांग्रेस नेता एवं पूर्वउपप्रधानमन्त्री श्रेष्ठद्धारा हरिनासलाई स्वास्थ्य सामाग्री सहयोग
भवानी अधिकारी/स्याङजा :
नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पुर्व उपप्रधानमन्त्री एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले हरिनास गाउँपालिकालाई सेनीटाइजर, मास्क र सर्जिकल ग्लोब्स् उपलब्ध गराउनु भएको छ ।
नेता श्रेष्ठ मार्फत उपलब्ध गराइएको २ कार्टुन स्वास्थ्य सामाग्राी हरिनास गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्याललाई हस्तान्तरण गरिएको हो ।
नेपाली कांग्रेस हरिनास गाउँपालिकाका सभापति टोपबहादुर चन्द, उपसभापति टोपा भुजेल, सचिव चित्रबहादुर गुरुङ, पूर्व जिल्ला सदस्य सोमनाथ लम्साल, तरुण दल हरिनासका सभापति मोहन थापा, उपसचिव समिर भुजेल, नेपाल बिद्यार्थी संघका सदस्य बिरज मानन्धर लगायतको उपस्थितीमा ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएका हुन ।
सामाग्री ग्रहण गर्दे प्रमुख प्रशासकिय अधिकृत अर्यालले बढ्दो कोरोना महामारीका समयमा पालिकालाई उपलब्ध सामाग्रीको सही सदुपयोग गर्ने जनाउदै सहयोगीदाता पूर्व उपप्रधानमन्त्री एवं नेता श्रेष्ठप्रति धन्यवाद एवं आभार प्रकट गर्नुभएको छ ।
स्याङ्जाको सबै स्थानीय तहमा स्वास्थ्य सामग्री उपलब्ध गराउने क्रममा नेता श्रेष्ठले बुधवार हरिनास गाउँपालिकामा ती सामाग्री प्रदान गर्नुभएको हो । यसअघि पनि उहाले जिल्लाका केही पालिकामा उपलब्ध गराइसक्नु भएको छ । बाँकी केही पालिकामा पनि छिटै उपलब्ध गराउने नेता श्रेष्ठले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


