रुपन्देहीमा पाँचजनाको हत्या

रुपन्देही – रुपन्देहीमा पाँच जनाको हत्या भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजारमा पाँच जनाको हत्या भएको हो । कान्छीबजारमा रहेको कृष्ण पुनको गाई फार्ममा काम गर्ने ६ जना मध्ये ५ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनापछि फार्ममा काम गर्ने झपेन्द्र सिंजाली फरार भएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेको र थप अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । (उज्यालो अनलाईन)

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP