नेबिसंघ स्याङ्जाले काेराेनाकाे सम्वन्धमा प्रजिअलाइ बुझायो ज्ञापन पत्र
स्याङ्जा : नेपाल विद्यार्थी संघ स्याङ्जाले कोरोना नियन्त्रणको विषयमा थप संवेदनशिल हुनुपर्ने भन्दै ज्ञापन पत्र बुझाएको छ ।
बुधबार नेविसंघ जिल्ला सभापति अजित क्षेत्रीले स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाउनु भएकाे हाे ।
विभिन्न देशबाट आएका व्यक्तिहरुलाई राख्न स्थानीय सरकारले व्यवस्थापन गरेका क्वारेन्टाईनहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुसारका छन् वा छैनन् तत्काल अनुगमन गरी आवश्यक थप व्यवस्थापन गनुपर्ने भन्दै ज्ञापन पत्र मार्फत ध्यानाकषर्ण गराउनु भएकाे हाे ।
पछिल्लो समय काेराेना सँगै देखिएको डेँगु जस्ता रोगहरु लाग्न नदिन थप सचेत अपनाउन र काठमाडौ पोखरा लगाएतका शहरमा अध्ययनको शिलशिलामा रहेका व्यक्तिहरुलाई यथाशिघ्र भित्र्याई क्वारेन्टाइनमा राखि आफ्नो घर पठाउने व्यवस्था गर्न माग गरेको छ ।
क्वारेन्टीनमा बसेका व्यक्तिहरुलाई घरबाटै खाना ल्यादिने कुरा अव्यवहारिक भएको भन्दै क्वारेन्टीनमा नै खानाको व्यवस्था गर्न र आईसोलेसनमा बसेका संक्रमितहरुलाई जुनसुकै वेला भेन्टिलेटर र आई.सि.यू. को आवश्यक्ता पर्न सक्ने भएकाले तत्काल सोको व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, विना काम पहुँच र चिनजानकाे भरमा पास वितरण राेक्न र सर्वसाधारणले विशेष काममा समेत गेटमा उभिएर बस्नुपर्ने अवस्था हटाई जिल्ला प्रशासन कार्यालयमा हेल्पडेक्सको व्यवस्था गर्न समेत माग गरेको छ ।
.

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


