गएको २४ घण्टामा २०१ जना नयाँ संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या २३०० पुग्यो ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २०१ जनामा कोरोना संक्रमित थपिएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले पछिल्लो २४ घण्टामा थप २०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनु भयाे ।

यो सँगै नेपालमा संक्रमितको संख्या २३ सय पुगेको छ ।  बुधबार थप १२ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना निको भएर घर फर्कनेको संख्या २७८ पुगेको छ।

एकजनाकाे काेराेनाका कारण मृत्य भएकाे प्रबक्ता देबकाेटाले जानकारी दिनुभयाे । याे सँगै काेराेनाकाे कारण ज्यान गुमाउनेकाे संख्या ९ पुगेकाे छ ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP