स्याङ्जामा फेरि थपिए २ संक्रमित, अहिले सम्मका सातै जना संक्रमित भारतबाट आएका ।
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जामा फेरि २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । भारतबाट जेठ ११ गते आएर गल्याङको मालुङ्गा स्थित क्वारेन्टीनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार उनीहरु गल्याङ नगरपालिकाका २७ र ४० बर्षका पुरुष रहेकाछन् ।
दुवैजनालाई आईसोलेसनमा राखेर उपचार गर्ने तयारी भईरहेको गण्डकीे प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माल बिज्ञप्ती निकालेर जानकारी दिनुभएको हो ।
.

को हुन् नयाँ संक्रमित कसरी आए गल्याङ सम्म :
गल्याङमा पुष्टी भएका दुवै जना संक्रमित भारतबाट आएकाहुन् । बिभिन्न साधन प्रयोग गर्दै सुनौली सम्म आएका उनीहरु सुनौलीबाट भने बसमा गल्याङ सम्म आएका हुन् ।
जिल्लाका ८ पालिकाका ५४ जना एकैपटक एकै समुहमा स्याङजामा आएको टोली मध्येका हुन् । दुवैजना संक्रमित यसअघि उनीहरु कै टोलीमा आएका वालिङका ३ जनामा पनि कोरोना संक्रमण पुष्टी भएको थियो । गल्याङको ८ जनाको टोली आएको मा २ जनामा कोरोना देखिएको हो ।
उता तनहुमा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ । ऋषिङ गाउँपालिकाका २८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुगेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


