स्याङ्जाको फेदीखोला गाउँपालिकामा ‘खाद्यान्नको लागि रोजगार कार्यक्रम’ संञ्चालन
स्याङ्जा : फेदीखोला गाउँपालिकाले लकडाउनका कारण कामविहिन श्रमिकहरुलाई लक्षित गरि ‘खाद्यान्नको लागि रोजगार कार्यक्रम’ संञ्चालनमा ल्याएको छ ।
कोरोना महामारीका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका मजदुरहरुले काम नपाएर समस्यामा परेपछि गाउँपालिकाले उनीहरुलाई रोजगारी दिन कार्यक्रम ल्याएको हो ।
.

मजदुरहरुलाई सडक निर्माण, घोडेटो बाटो बनाउनेदेखि गाउँपालिकामा सञ्चालित विभिन्न निर्माणका काममा लगाइने गाउंपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले मजदुरहरुलाई क्षमता अनुसारको काममा लगाउने र कामका आधारमा ज्याला दिइने बताउनु भयाे ।
.



Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


