नेकपा स्याङ्जाका अध्यक्ष गैह्रेद्वारा तीन पालिकालाई तीन लाख बराबरको खाद्यान्न सहयोग
अर्जुन काफ्ले/स्याङ्जा :
कोरोनाको महामारी फैलिरहदाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाका अध्यक्ष सुर्य प्रसाद गैह्रे (पारास)ले खाद्यान्न सामाग्री प्रदान गर्नु भएको छ । क्षेत्र न २ को प्रदेश ख भित्रका तीन पालिका गल्याङ नगरपालिका, चापाकोट नगरपालिका र कालिगण्डकी गाउपालिकामा चामल ९० बोरा, ९० लिटर खानेतेल, १२० केजि दाल, ९० केजि नुन, १४४ बोतल सेनेटाईजर, बिस्कुट, ब्रेड गरी कुल तिन लाख बराबरको खाद्यान्न क्वारेन्टाइनमा रहेकालार्य खुवाउनको लागि सहयोग गर्नुभएको हो ।
प्रदेश सांसदका प्रत्यासी समेत रहनु भएका गैरेले आफ्नो निर्वाचन क्षेत्र भएकोले क्यारेन्टाईनमा बस्ने दाजुभाई नै भएको र बासाईको क्रममा समस्या नहोस भन्ने उदेश्यले कर्तव्य निभाएको बताउनुभयो । क्यारेन्टाईनमा बसेकाहरुलाई खानामा समस्या नहोस भनी सहयोग बताउदै अध्यक्ष गैह्रेले निर्वाचनमा पराजित भए पनि यस क्षेत्रको बिकासको निम्ति आहोरात्र खटिने खाद्यान्न हस्तान्तरण गर्दै बताउनुभयो । तत्कालिन माओबादीले सन्चालन गरेको जनयुद्धमा ३५ महिना जेल जीवन बिताउनु भएका गैरे भुमिगत भएको लामो समय सम्म हिरासतको यतना भोग्नु परेको बताउनु हुन्छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


