आँधीखोलामा मेलमिलाप सम्वन्धी ८ दिने तालिम सम्पन्न ।
आँधीखोला खवर/ आँधीखोला :
हाम्रो समस्या ,हाम्रै समाधान भन्ने मुल नाराका स्याङजको आँधीखोलामा मेलमिलाप सम्वन्धी आधारभूत तालिम सम्पन्न भएको छ ।
आँधीखोला गाँउपालिकाको आयोजना र जनअधिकार संरक्षण मञ्चको समन्वयमा ८ दिने तालिम सम्पन्न भएको हो । तालिमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले मेलमिलापले नै समाजमा सहकार्य एकता बढाउने स्पष्ट पार्नुभयो । तालिममा जनअधिकार संरक्षण मञ्च गण्डकी प्रदेश संयोजक ममता शर्माले सहजीकरण गर्नु भएको थियो ।

तालिममा न्यायीक समतिका पदाधिकारी सहित २५ जनको सहभागिता रहेको आँधीखोला गाँउपालिकाका अध्यक्ष सुधीर पौडेलले जानकारी दिनुभयो । उहाँले समस्याको स्थानीयतह बाट नै सहज समाधान निकाल्न सकियोस भनेर तालिमको आयोजना गरिएको बताउनुभयो ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


