स्याङ्जामा पहिलोपटक देखियो कोरोना, दुईजनामा संक्रमण
स्याङजाका दुइजनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु हालैमात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । यीसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले कोरोना संक्रमित भेटिएको पुष्टि गरे । प्रदेश स्वास्थ्य निर्देशकले यस विषयमा साढे ३ बजे प्रत्यक्ष प्रसारण गर्ने तय भएको पनि उनले बताए ।
वालिङस्थित सामुदायिक क्वारेन्टाइनमा रहेका दुवैजना पुरुष हुन । उनीहरु यही जेठ १० मा भारतबाट आएका थिए । उनीहरुको सोमबार पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण भएको थियो । यसबारे थप बिबरणा अाउन बाँकी छ ।
यसअघि गण्डकीका बागलुङमा २, पूर्वी नवलपरासीमा २ र लमजुङका एकजनामा कोरोना देखिएको थियो । उनीहरुमध्ये बागलुङका २ जना उपचारपछि निको भएर घर फर्किएका छन् । एकजनाको काठमाडौं र दुईजनाको चितवनमा उपचार भइरहेको छ । (इकान्तीपुर डटकमबाट)
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


