विदेशबाट नेपाली ल्याउन ‘फोकल पर्सन’ तोकिए,गण्डकीमा मन्त्री पद्मा अर्याल
काठमाडौं : सरकारले विदेशबाट फर्किनेहरुको व्यवस्थापन गर्न भन्दै सातै प्रदेशमा एक एक जना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ ।
प्रदेश १ मा भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतिमा महिला वालवालिका मन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्था मन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टलाई ‘फोकल पर्सन’ तोकेको जनाइएको छ ।
उनीहरुले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्ने जनाइएको छ । विभिन्न देशबाट तत्काल ६ लाख बढी नेपालीहरु फर्कनसक्ने आँकलन गरिएको छ ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


