भारतलाई प्रधानमन्त्री ओलीको प्रश्न–सत्यमेव जयते कि सिंहमेव जयते ?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई सत्यमेव जयते कि सिंहमेव जयते कता के हो भन्दै प्रश्न गरेका छन् ।
मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले भारतको प्रतीक चिह्नमा भएको दुई बिम्वलाई संकेत गर्दै उक्त प्रश्न गरेका हुन् ।
भारतको प्रतीक चिन्हमाथि टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतको एउटा प्रतीक चिह्न छ, भारत भनेर चिनिने । अशोकाले स्थापना गरेको चार मुखे सिंह, चारतिर फर्किएको सिंह भारतको प्रतीक चिह्न छ । त्यसको मुनी सत्यमेव जयते लेखेको हुन्छ ।’
‘सत्मेव जयते’ भारतको चिह्नमुनी लेखिएको भए पनि विश्वासचाहिँँ आफूले गर्ने भन्दै उनले भने, ‘म सोध्नेछु भारतलाई– सिंहमेव जयते कि सत्यमेव जयते ?’
तर आफूहरु, नेपाल भने सत्यमेव जयतेमा विश्वास गर्ने भन्दै भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याइने विश्वास व्यक्त गरे । Share
Tweet
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


