शिक्षण अस्पतालबाट स्याङ्जा आएका ६ जना आइसोलेसनमा
भवानी अधिकारी/स्याङ्जा : जिल्ला अस्पताल स्याङ्जामा ६ जनालाई आइसोलेसन कक्षमा राखिएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितसँग सम्पर्कमा रहेको भन्दै २ वर्षीय बालकसहित ६ जनालाई आइसोलेसन राखिएको जिल्ला अस्पताल प्रमुख डा.शुशिल मरासिनीले जानकारी दिए ।
पुतलीबजार नगरपालिका वडा नं. ४ निबासी उनीहरु आफ्नो बच्चाको उपचारका लागि शिक्षण अस्पतालमा पुगेको र ५ दिनअघि स्याङजा घर फर्केको डा.मरासिनीले बताए। आइसोलेसनमा राखिएकामा ३ जना महिला र ३ पुरुष छन् ।
चिकित्सकको प्रत्यक्ष निगरानीमा शनिबार साँझदेखि आइसोलेसनमा राखिएको अस्पतालले जनाएको छ । सबैका स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालका प्रमुख डा. मरासीनीले जानकारी दिए ।
‘चिकित्सकीय समूहको प्रत्यक्ष निगरानीमा आइसोलेसन कक्षमा राखिएको छ’ डा. मरासीनील भने–‘संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका र संक्रमित क्षेत्रबा आएका कारण प्रहरीको सहयोगमा अस्पताल ल्याएको हौंँ।’
६ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


