औद्योगिकग्राम निर्माणमा वालिङको भूमिका उत्साहजनक मन्त्री लम्साल (भिडियो सहित)

राधाकृष्ण डुम्रे/वालिङ :
गण्डकी प्रदेशका उद्योग,पर्यटन, बन तथा बातावरण मन्त्री बिकास लम्सालले औद्योगिक निर्माणका लागि वालिङ नगरपालिकाले गरेको क्रियाकलाप उत्साहजनक रहेको बताउनु भएको छ । नगरपालिकाको वडा नम्वर १० बैंडीमा निर्माण हुदै गरेको औद्योगिक ग्रामको स्थलगत निरिक्षण पछि मन्त्री लम्सालले भन्नुभयो, नगरपालिकाको क्रियाकलापले हामीलाई अत्यन्तै खुसी बनाएको छ । औद्योगिकग्राम सञ्चालनका लागि वालिङलाई पहिलो प्राथमिकतामा राखेको भन्दै मन्त्री लम्सालले भन्नुभयो, सम्भावनाको क्षेत्र भएकाले वालिङ प्रदेश कै प्राथमिकताको ठाँउ हो ।
आगामी आर्थिक बर्षका लागि कति बजेट छुट्याउदा ठीक हुन्छ भन्ने बुझ्नका लागि स्याङ्जा आएको मन्त्री लम्सालको भनाई छ ।

.


कार्यक्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका सदस्य ईन्जिनियर डाक्टर बिष्णुराज बरालले औद्योगिकग्रामको राम्रो नमुना वालिङबाट शुरु हुने लक्षण देखिएको बताउनु भयो । संघ, प्रदेश र स्थानीय गरी तीनै तहको गौरवको योजना रहेको भन्दै शुरुवादको उर्जालाई कायम राख्न नगरपालिकालाई सुझाव समेत दिनुभयो ।
अनुगमन पछिको कार्यक्रममा नगरप्रमुख दिलिप प्रताप खाँणले औद्योगिकग्राम स्थापनाका लागि अहिले सम्म भएका गतिबिधिका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारी,वडा अध्यक्षहरु,बिभिन्न समितिका संयोजक तथा कर्मचारीहरुको उपस्थिति रहेका थियो ।
संघीय सरकारको ९२ लाख, प्रदेशको ५४ लाख र नगरपालिकाको लागतमा औद्योगिक ग्रामको पहिलो चरणको निर्माणको काम शुरु भएको नगरप्रमुख खाँणले जानकारी दिनुभयो ।
मन्त्री लम्सालले आजै वालिङमा रहेको नगरपालिकाको सरसफाई केन्द्रको पनि अवलोकन गर्नु भएको थियो ।

.

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP