बिबादास्पद अभिव्यक्ती दिएको भन्दै गृहजिल्ला स्याङजामा नै मन्त्री अर्यालको बिरोध ।
चापाकोट : नेपाल तरुण दल र नेपाल विद्यार्थि संघ चापाकोटले गैर जिम्मेवार अभिव्यक्ती दिएको र सीमा विवाद समाधानमा कुनै पहल नगरेको भन्दै आज नेपाल सरकारकी मन्त्री पद्मा अर्याल र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएकाछन् ।
मन्त्री पद्मा अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेकका संन्दर्भमा विवादास्पत भनाई दिई नेपालको त्यस क्षेत्र नेपालको नक्सामा थिएन, भन्ने भनाई संचारमाध्यममा सार्वजनिक भएको भन्दै सरकारको बिरुद्ध चापाकोट तरुणदल र नेबिसंघले संयुक्त रुपमा बिरोध जूलूस सहित पुत्ला जलाइएकाे तरुण दलका नेता विश्वास पुरीले जानकारी दिनुभयाे ।
यसैबीच मन्त्री अर्यालले लिम्पयाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने यथेष्ट प्रमाण संकलन गरेकै कारण जुनसुकै टेबलमा बसेर पनि वार्ता गर्न सक्ने अवस्थामा आफू पुगेको बताउनु भएकाे छ । राष्ट्रियताको सवालमा मर्न र मार्न तयार रहेको भन्दै उनले कहीँनेर खुट्टा कमाउँछन् कि भनेर आशंका नगर्न आग्रह गर्नु भयो । ‘मेरै कुरा गनुर्नहुन्छ भने म त जतिबेला महाकाली सन्धि भएको थियो । त्यतिबेला चार महिनाको बच्चा छोडेर राष्ट्रघात भयो भनेर मार्च पास गरेर आएको मान्छे हो । त्यो बेलादेखिको एक खालको भावना छ’ अर्यालले भन्नुभयाे ।
विवादित भूमिबारे अध्ययन तथा अनुसन्धान गर्दा गर्दै पनि अतिरञ्जित गरिएको मन्त्री अर्यालको भनाइ छ । अहिले प्रचलनमा रहेको नक्सा ०३२ सालको भएको र त्यसमा लिम्पयाधुरा, कालापानी र लिपुलेक नरहेको उहाँले प्रष्ट पार्नुभयो । मन्त्री अर्यालले संसदीय समितिको बैठकमा यस्तो बताउनु भएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


