स्याङ्जा : किटको अभावमा क्वारेन्टाइनमा बसेकाहरुलाई परिक्षण नगरी घर पठाईयो
आँधीखोला खबर/स्याङ्जा :
कोरोना भाईरस परिक्षणका लागि किटको अभाव भएपछि क्वारेन्टाईनमा बसेकाहरुलाई त्यसै घर पठाईएको छ । स्याङ्जाको गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका ८१ जना मध्ये ४६ जनाको मात्रै परिक्षण गरिएको हो भने अन्यलाई बिना परिक्षण घरमा पठाईएको छ ।
गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले किटको समस्या भएकाले ४६ जनाको मात्रै ¥यान्डम्ली टेस्ट गरिएको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय स्याङ्जामा नै आरडिटी किटको अभाव भए पछि परिवारको एकजना र संकास्पद लागेकाहरुको मात्रै परिक्षण गरिएको उहाँले बताउनु भयो । उहाँले टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको र कसैमा पनि समस्या नभएको जानकारी दिनुभयो ।
बारा जिल्लाको डाबर नेपाल कम्पनीमा कार्यरत रही जिल्लामा आएका ७९ जना र बुटवलबाट आएका अरु दुई जना गरी ८१ जनालाई घर पठाईएको हो । उनीहरु सबै १४ दिन अगाडि गल्याङमा आएका थिए ।
उनीहरु सबैलाई गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले बिदाई गर्नु भएको हो । बिदाई गर्दै प्रमुख अधिकारीले आगामी दिनमा सतर्कताका साथ घरमा नै बस्न सवैलाई आग्रह गर्नुभयो ।
समाचार
थप सामाग्री-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
१ महिना अगाडि
स्याङ्जा : युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध सिर्जनशील नेपाली स्रष्टाहरुको गौरवशाली साझा संस्थाको रूपमा स्थापित नेपाली लेखक संघ…


