युवासंघले डब्लुएचओ लोगोको दुरुपयोग गरेको भन्दै तरुणदलको बिरोध, डब्लुएचओले निकाल्यो बिज्ञप्ती
आँधीखोला खबर/स्याङजा :
आफ्नो स्वार्थको लागि सत्तारुढ नेकपाको भातृ संगठन युवा संघ नेपालले डब्लुएचओको लोगो प्रयोग गरेको भन्दै तरुणदल स्याङजाले बिरोध गरेको छ । फेदिखोलामा स्थापना गरिएको अस्थायी सेनिटाईजर टनेलमा निहित राजनीतिक स्वार्थका लगि डब्लुएचओ जस्तो पबित्र संस्थाको लोगो प्रयोग भएको भन्दै बिरोध जनाएको हो । तरुणदलले आज जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएको हो । तरुणदल स्याङजाका सभापति एवं प्रदेश सांसद भागवत प्रकाश मल्लको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीलाई ज्ञापनपत्र बुझाएको हो
ज्ञापनपत्रमा भनिएको छ “राजनीतिक पूर्वाग्रहका साथ कार्यहरु भईरहेकोमा नेपाल तरुण दल स्याङ्जाको ध्यानाकर्षण भएको छ । विगत केहि दिन अघि स्याङजाको सीमाना राम्दी र कुभिण्डेमा नेकपाको भातृसंगठन युवा संघ नेपालले निर्माण गरेको अस्थायी सेनिटाईजर टनेलमा अनधिकृत रुपमा डब्ल्यूएचओको प्रतीक चिन्ह(लोगो) प्रयोग गरेको जानकारी हामीलाई प्राप्त भएको छ । डब्ल्यूएचओको लोगो अंकीत कुनैपनी सामाग्रीहरु डब्ल्यूएचओद्धारा अनुमोदन गरिएको हो भन्ने संकेत गर्दछ । उक्त सेनिटाईजर टनेलहरु आवश्यक मापदण्डहरु पुरा गरी डब्ल्यूएचओको अनुमतिबाट निर्माण भएका हुन ? जिल्ला प्रशासन कार्यालयबाट सत्यतथ्य छानबिनको आशा राख्दै हल्का प्रचारप्रसार र देखावटी जनसेवाको बहानामा सर्बसाधारणको स्वास्थ्यमा नकारात्मक असर पर्नेगरी कुनैपनि कार्यहरु नगर्न नेपाल तरुण दल स्याङ्जा गम्भीर ध्यानाकर्षण गराउन चाहान्छ । साथै सरकारको संरक्षकत्वमा यस्ता खालका अन्य गतिबिधीहरु समेत भईरहेको प्रति सचेत गराउन चाहान्छ ।”
तरुणदल स्याङजाका सभापति एवं सांसद मल्लद्धारा हस्ताक्ष्रित ज्ञापनपत्रमा “कोरोना भाईरसको संक्रमणबाट बच्ने सबैभन्दा उपयुक्त माध्यमको रुपमा रहेको होम क्वारेन्टाईनलाई प्रभावकारी बनाउन सरकारले चालेको लकडाउनको कदमलाई पूर्ण रुपमा पालना गर्दै कोरोना बिरुद्धको अभियानमा आआफ्नो ठाउँबाट सक्दो सक्दो सहयोग गर्दै जनचेतना समेत जगाउनु पर्ने सबैको कर्तब्य भएको स्पष्ट पारिएको छ ।”
.

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयले संगठनको लोगो वा प्रतीकको प्रयोग संगठनद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र प्रयोग गर्न आग्रह गरेको छ । स्याङजा लगायतका ठाँउमा राजनीतिक स्वार्थको लागि लोगो प्रयोग भएको प्रयोग भएको
नेपालमा विभिन्न प्रयोजनहरुमा संगठनको लोगो अनधिकृत रुपमा प्रयोग भएको बारेमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संगठनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ,। यो लोगो प्रयोग भएको कुनै पनि सामग्री भनेको उक्त सामग्री डब्ल्यूएचओद्वारा अनुमोदन गरिएको हो भन्ने सङ्केत गर्दछ । डब्ल्यूएचओको लोगो वा प्रतीक डब्ल्यूएचओको लिखित अनुमतिद्वारा मात्र प्रयोग गर्न सकिन्छ ।
.

लोगोको उपयोग डब्ल्यूएचओसँग आधिकारिकरुपमा सहकार्य गरिरहेका तथा डब्ल्यूएचओका साथ काम गरिरहेका सरकारी निकायहरु र संस्थाहरुका लागि मात्र सीमित गरिएको पनि संगठनले जनाएको छ ।
संगठनको लोगो प्रयोग गर्न अनुमति प्राप्त गर्ने प्रक्रियाका लागि अवलम्बन गर्नुपर्ने निर्देशिका संगठनको वेबसाइटमा उपलब्ध रहेको जानकारी दिँदै संगठनले सरोकारवालालाई सोही बमोजिम गर्न गराउन अनुरोध गरेको छ ।
.

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


