लकडाउनले रोकेन रक्तदातालाई, १७१ जनाले गरे रक्तदान (भिडियो सहित)।
स्याङजा :
कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन भए पनि स्याङजाको वालिङमा भएको रक्तदान कार्यक्रममा दाताहरुको उल्लेख्य सहिभागिता रह्यो ।
आज वालिङमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा १ सय ७१ जनाले रक्तदान गरेकाछन् । रेडक्रस सोसाईटिका नगर क्षेत्रभित्र रहेका ११ वटा उपशाखाको संयोजनमा भएको रक्तदान कार्यक्रममा २० जना महिला र १ सय ५१ जना पुरुषले रक्तदान गरेका हुन् ।
रगतको अभाव भएको खवर आए पछि वालिङमा रहेका बिभिन्न संघसंस्थासँग समन्वय गरी बृहत रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक बिष्णु प्रताप खाँणले जानकारी दिनुभयो ।
सो अवसरमा वालिङका समाजसेवी कृष्ण खाँणले ३७ औं पटक रक्तदान गर्नु भएको थियो भने वडा प्रहरी कार्यालय वालिङका प्रमुख (प्रहरी निरिक्षक) निरन्जन घिमिरेले १७ औं पटक रक्तदान गर्नु भएको थियो ।
.

कार्यक्रमको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले व्यानर पढेर र स्याङजका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले रगत जम्मा गर्ने व्यागको हस्तान्तरण गर्नु भएको थियो ।
कोरोना भाइरस कोभिड १९ को माहामारीका कारण नेपालमा मात्र नभई बिश्वभर रगत को अति संकट भएको बेलामा मानव जीवनको रक्षाका लागि लकडाउन जस्तो बिषम परिस्थितिमा पनि सरकारको मापदण्ड अनुसारको सामाजिक दुरी कायम गरी कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएकाछन् ।
.

रक्तदान कार्यक्रममा वालिङ नगरपालिका,वालिङ उद्योग बाणिज्य संघ,पतञ्जली योगपीठ, लायन्स क्लव अफ वालिङ सिटि, वालिङ जेसीज, रोटरी क्लव अफ वालिङ,बोलबम समिति, लियो क्लव अफ वालिङ सिटि,अटो ईन्जिनियरिङ समिति,राधामाधव समिति, गोलोबल अफसेट प्रेस लगायतले सहयोग गरेका रक्तदान कार्यक्रम समन्वय समितिका सचिव दिपक लम्सालले जानकारी दिनुभयो ।
.
.




समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


