स्याङ्जा-बिरालोको बच्चा जस्तै मानेर बाघको डमरु घरमा पालेपछि (भिडियो सहित)…….
स्याङ्जा : स्याङ्जाको वालिङमा लोपोन्मुख चरी बाघको डमरु भेटिएको छ ।
डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख कोमलराज काफ्लेले बिरो प्रजातिको चरी बाघको डमरुलाई वन कार्यालयको संरक्षणमा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “६ दिन पहिले स्थानीय बालबालिकाले जङ्गलमा खेल्ने क्रममा बिरालोको बच्चा भनेर घरमा ल्याएर पालेको बिरालोको बच्चा जस्तो देखिने चरी बाघ भएकाले कार्यालयमा राखिएको छ ।
.

प्रमुख काफ्लेले भन्नुभयो, “अहिले साह्रै सानो छ सानोमै जङ्गलमा छाड्दा अन्य जनावरले खाने डरभएकाले अली ठूलो भएपछि सम्बन्धित ठाउँमा लगेर छाड्छाँै ।” लोपोन्मुख संरक्षित वन्यजन्तुका रुपमा रहेको चरी बाघको बच्चालाई वालिङ नगरपालिका–१ मा बालबालिकाले खेल्ने क्रममा फेला पारेका थिए ।
लकडाउनको समयमा फुर्सदमा रहेका बालबालिकाले जङ्गलमा खेल्ने क्रममा बिरालोको बच्चा जस्तै मानेर घर लगेका थिए । घरमा लगेर पालेको केही दिनपछि सो बच्चाले बिरालो नभई बाघको जस्तो व्यवहार देखाउन थालेपछि स्थानीयवासीले गण्डकी प्रदेश सभासदस्य एवं विधायन सभासमितिका सभापति मोहनप्रसाद रेग्मीलाई सम्पर्क गरेर वन कार्यालयमा बुझिदिन आग्रह गरेका थिए ।
.

उहाँले डिभिजन वन कार्यालय स्याङ्जामा सो कुराको जानकारी गराएपछि जङ्गलबाट बिरालो भनेर ल्याएर पालेको बच्चा चरी बाघको बच्चा भएको वन कार्यालयले पुष्टि गरेको थियो । डिभिजन वन कार्यालयले कास्की भिजन वन कार्यालयसँग समन्वय गरेर कास्कीस्थित पचभैवामा रहेको जनावर उद्धार केन्द्रमा छाड्ने तयारी भइरहेको कार्यालयले जनाएको छ । गारेखापत्र दैनिकबाट
हेर्नुहोस् भिडियो :
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


