वालिङ ५ काग्रेसको चियापान
तिलक गुरुङ/ जगतभन्ज्याङ :
नेपाली कांग्रेस वालिङ वडा कार्य समिति वालिङ ५ को आयोजनामा चियापान तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नर प्रसाद रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा वालिङ नगरपालिका वडा न ५ का अध्यक्ष ढाकाराम पंगेनी वडा सदस्य महेश गुरुङ सदस्य केश बहादुर थापा गाउँ पर्यटन प्रवर्द्दन मञ्च क्षेत्र न ४ का सदस्य भुपेन गुरुङ,नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि दल बहादुर नेपाली कृयाशिल सदस्य एक मया मल्ल युवा तरुण बिष्णु प्रसाद रेग्मी लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा वालिङ नगर अधिवक्ता एंव नेपाली कांग्रेस क्षेत्रीय सचिव नर बहादुर पौड्यालले देश अहिले काण्डै काण्डको बनेको बताउदै देशलाई सहि रुपमा सञ्चालन गर्न नेपाली काँग्रेसको बहुमत आउन आवश्यक भएको बताउनु भयो ।
कार्यक्रमको संचालन सचिव छवि आलेले र स्वागत उप सभापती पुर्ण बहादुर बस्नेतले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री
वालिङ अस्पताललाई आधुनिक शव फ्रिज हस्तान्तरण
३ दिन अगाडि
वालिङ : स्याङ्जाको वालिङमा रहेको गह्रौं प्रथामिक अस्पताललाई मृतदेह संरक्षण फ्रिज अर्थात मोरटुअरी रेफ्रिजरेटर हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज…


