वालिङमा गलत संस्कृतिको बिजारोपण भयो : नेता पौडेल
वालिङ : नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी एवं युवा नेता विष्णु पौडेलले वालिङमा गलत संस्कृतिको बिजारोपण हुदै गएको बताउनु भएको छ । आफ्नो फेसवुकमा स्टेटस लेख्दै नेता पौडलले कोरोनाको महामारी बिरुद्ध एक भएर लड्नु पर्नेमा जनप्रतिनीधी माथि नै दोषारोपण हुनु दुखद भएको नेता पौडेलको बुझाई छ ।
नेता पौडेलले लेख्नु भएको छ,“यतिखेर वालिङ्गमा एउटा गलत संस्कृतिको बिजारोपण भएको छ । नेपाल भारतको सिमाना धार्चुलामा अवरुद्ध व्यक्तिहरुलाई उद्धार गरि वालिङ्गमा ल्याउने काम प्रसंशनीय छ । तरपनि, कोभिड १९ रोकथामका लागि निरन्तर क्रियाशील जनप्रतिनिधिहरु, स्थानीय सरकार र वडा प्रहरी कार्यालय र सुरक्षाकर्मी लगायतको सराहनीय भूमिकालाई ओझेलमा पार्नका लागि सत्ताको आडमा रहेर केही व्यक्तिद्धारा स्थानीय सरकार नगर प्रमुख र वडा अध्यक्ष लाई जोडेर अर्नगल प्रचार बाची गर्न खोजिएको छ, यो सरासर गलत र निन्दनीय छ ।
अहिले हामी सबैको प्राथमिकता भनेको समग्र स्याङ्गजा जिल्ला भित्र र बाहिर रहेका समग्र स्याङ्गजाजिल्ला बासीहरुकोको उद्धार, राहत र अन्य समस्यालाई समाधान गर्नु हो । यसका लागि सबै एकताबद्ध भएर जुटौ । अनावश्यक राजनीति रंग दिएर राजनीति गर्ने समय होइन । जिम्मेवारीपूर्वक काम गर्ने समयमा धमिलो पानीमा माछा मारेर कार्यक्रर्ताहरु बढाउने दाँउमा नलागौ । राजनीति नै गर्ने बेला कसरी गर्नुपर्दछ भन्ने सचेतना हामी सबैमा छ । सजग रहौ । अतिरन्जीत र गलत लाल्छना लगाएर आफू महान र अन्य केही होइन भन्ने गलत काम कदापि नगरौ ।”
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


