कोभिड-१९ राहत कोषमा ३० लाख १३ हजार संकलन
वालिङ :
वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा आईतबार साँझसम्म ३० लाख १३ हजार ४ सय ९९ संकलन भएको छ ।
वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा आईतबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु. ३० लाख १३ हजार ४ सय ९९ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा वालिङ ६ वडा सदस्य खेमबहादुर अर्याल क्षेत्रीबाट ५ हजार १ सय, थानपाटा आमा समूह वालिङ १३ बाट १३ हजार १ सय, आजाद बहुउद्देश्यीय सहकारी संस्था वालिङ १४ बाट ५ हजार १ सय, पार्वती पंगेनी, कृष्णप्रसाद पंगेनी, रजिब पराजुली र राधिका पंगेनी वालिङ ९ भुम्रेबाट ६१ हजार गरी आईतबार साँझसम्ममा रु. ३० लाख १३ हजार ४ सय ९९ संकलन भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको राहत कोषमा हालसम्म नगद २३ लाख, २५ हजार ४ सय ९९ र खाद्यान्न ६ लाख ८८ हजार गरी कूल रु. ३० लाख १३ हजार ४ सय ९९ संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


