समाजसेवी शर्माद्धारा वालिङ नगरपालिकालाई बिभिन्न स्वास्थ्य सामग्री प्रदान
वालिङ :
वालिङ ८ काफलडाँडा घर भई हाल काठमाडौंमा बस्दै आउनुभएका समाजसेवी डोलराज शर्माले वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुभएको छ ।
विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ को जोखिम न्यूनिकरणका लागि खटिनुहुने ब्यक्तिहरुलाई सहयोग स्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराएको समाजसेवी शर्माले बताउनुभयो ।
अहिलेको विषम परिस्थितिमा आफ्नो जन्मभूमिमा केही भएपनि सहयोग गरौं भन्ने भावनाले स्वास्थ्य सामग्री नगरपालिकालाई उपलब्ध गराएको बताउनुभएको छ ।
समाजसेवी शर्माले स्थानीय समाजसेवी केशभक्त गुरुङमार्फत वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
.

शर्माले ह्विल चियर ११ थान, सोडियम हाईपोक्लोराईड ५ लिटरको ६ जार, पिपिई सेट १० थान, नेबुलाईजर १० थान, स्प्रे टयाङ्कर ३ थान, सर्जिकल मास्क १० हजार थान, पञ्जा २ हजार थान, थर्मोमिटर गन ६ थान नगरपालिकालाई उपलब्ध गराउनुभएको हो ।
स्वास्थ्य सामग्री ग्रहण गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले समाजसेवी शर्माले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएर कोभिड १९ का विरुद्धमा अझ सशक्त भएर अगाडि बढ्न उर्जा मिलेको बताउनुभयो । नगर प्रमुख खाँणले स्वास्थ्य सामग्री सहयोग गर्नुहुने समाजसेवी शर्मासहित उहाँको परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
समाजसेवी डोलराज शर्मा, पत्नी साबित्री शर्मा तथा छोरा साजन शर्माका तर्फबाट महत्वपूर्ण सामाग्री नगरपालिकालाई प्रदान गरिएको बताईएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


