कोरोना भाइरस (कोभिड-१९) : चार लाख ५० हजारभन्दा धेरै निको भए


स्याङ्जा : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण १९ लाख ३० हजार भन्दा धेरै सङ्क्रमित भएका छन ।
२ सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको सङ्क्रमणबाट १९ लाख ३० हजारभन्दा धेरै सङ्क्रमित भएका हुन । सङ्क्रमितमध्ये चार लाख ५३ हजार ३ सयभन्दा धेरै उपचारपछि निको भएका छन । त्यस्तै एक लाख १९ हजार ५ सय भन्दा धेरैको ज्यान गएको छ ।
कोरोना सङ्क्रमणका कारण अमेरिकामा सवै भन्दा धेरैको ज्यान गएको छ ।
छिमेकी मुलक भारतमा गएको २४ घण्टामा १२ सयभन्दा धेरै बिरामी थपिएर कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार पुगेको छ भने तीन सय ५० भन्दा धेरैको ज्यान गएको छ ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP