स्याङजामा ३४० जनाको कोरोनाको रिपोर्ट नेगेटिभ
भवानी अधिकारी/स्याङजा :
स्याङजाका बिभिन्न स्थानीयतहमा सोमबार गरिएको ३३ जनाको कोरोना भाइरस नमूना परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
रयापिङ डाइगोनिष्टक टेष्ट बिधिद्धारा गरिएको परिक्षणको नतिजा नेगेटिभ देखिएको हो । यो नतिजासंगै स्याङजामा आजसम्म गरिएका ३४० जनाको कोरोना टेष्ट रिपोर्ट सबै नेगेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
चैत्र २ गते यता बिभिन्न मुलुकबाट जिल्लामा आउनेहरुको नमूना श्वाव एवं रगत परिक्षण गरिदै आएको छ । यसअघिका ९७ जनाको स्वाब नमुना संकलन गरि पोखरामा परिक्षणका लागि पठाइएको थियो । त्यहाँ पठाइएका नमूना
श्वाव पनि नेगेटिभ आएका थिए भने पछिल्लादिनमा २ सय ४३ जनाको नमूना परिक्षण भने स्याङजामै गरिएका हुन ।
रयापिड टेस्ट ब्यक्तिको रगतलाई कोरोना भाइरस परिक्षण किटमा राखेपछि केही वेरमै रिपोर्ट पत्ता लाग्ने बिधि हो । ६ सय २४ जना वैदेशिक रोजगारबाट स्याङजा आएको जनाइएको छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


