नयाँ वर्षमा कस्तो होला मौसम ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको प्रभाव रहेको छ। हाल देशको पूर्वी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आइतबार नयाँ वर्षको अन्तिम दिन पनि हो । न्यूइयर इभ कोरोना भाइरसको त्रासले गर्दा घरमै क्वारेन्टाइनमा बसेर मनाइन वाध्य पारेको छ ।
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। अपरान्हपछि पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
मौसमविद् गंगा नगरकोटीका अनुसार आइतबार बिहान उपत्यकासहित मध्यपहाडी भूभागमा आंशिक बदली रहेको छ ।
तत्काल वर्षाको सम्भावना कम रहेको नगरकोटीले बताइन् । अपरान्हपछि भने पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा क्षणिक वर्षा हुन सक्नेछ ।
उपत्यकामा पानी पर्ने सम्भावना छैन । तर भिजिबिलिटी भने निकै कम रहेको छ । बिहान २.५ किलोमिटर मात्र भिजिबिलिटी रहेको छ ।
तापक्रम १३ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्न सक्नेछ ।
महाशाखाले देशको पहाडी भूभागका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्याङ सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ । हाम्राकुरा बाट
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


