विश्वभर कोरोनाका कारण मर्नेको संख्या एक लाख नाघ्यो
संसारभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ। यसैगरी संक्रमितको संख्या १६ लाख नाघेको छ।
भाइरसबाट हालसम्म संसारका १७७ मुलुक प्रभावित भइसकेका छन्। यो सूचिमा थपिने पछिल्लो मुलुक युद्धग्रस्त यमन हो। न्यू योर्क टाइम्सका अनुसार यमनमा शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
विश्व विवरण अनुसार कोरोनाबाट सबैभन्दा बढी ज्यान अमेरिकामा गएको छ। त्यहाँ शुक्रबार अपरान्हसम्म १८ हजार बढीको ज्यान गएको छ।
दोश्रो नम्बरमा सबैभन्दा बढी ज्यान इटालीमा गएको छ। यस्तै अमेरिकामा ५ लाख बढीमा कोरोनाको संक्रमण पाइएको छ।
चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणको महामारीले हाल सबैभन्दा बढी प्रभावित हुने पाँच मुलुकमा अमेरिका, इटाली सहित स्पेन, फ्रान्स र जर्मनी रहेका छन्।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
१ महिना अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


