कोरोना परिक्षण : स्याङ्जाबाट पठाईएका मध्ये ५७ जनाको नेगेटिभ
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाबाट ९७ जनाको स्वाबको नमूना संकलन गरी परिक्षणका लागि पोखरा पठाइएकोमा ५७ जनाको नतिजा आएको छ । उनीहरु सवैको कोरोना नेगेटिभ आएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । चालिस जनाको भने नतिजा आउन बाँकी रहेको छ । विदेशबाट आएका ६ सय २४ जना मध्ये बिहिवार सम्म ९७ जनाको कोभिड १९ कोरोना परिक्षणका लागि पोखरा पठाईएको थियो । बिदेशबाट आएका अन्य व्यक्तिहरुको क्रमैसँग नमुना संकलन गरिने प्रशासनले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


