लुम्बिनी प्रादेशिक अस्पतालका ५ चिकित्सक बर्खास्त
बुटवल : कोरोना संक्रमणको महामारीका बेला कामकाजमा नआउने पाँचजना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्न भनेको छ । तर, प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सक बिना जानकारी कार्यालयमा हाजिर नभएपछि बर्खास्ती गरिएको हो ।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालले करारमा रहेका चिकित्सक हटाइएको जानकारी दिए। ‘हामीले हरेक दिन सामाजिक विकास मन्त्रालयमा कर्मचारीको हाजिरी पठाउनुपर्छ, मन्त्रालयले हाजिरी नदेखेपछि बर्खास्ती गरेको हो, ‘उनले भने ।
रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन डा. सुवासचन्द्र चौधरीलाई सेवाबाट हटाइएको हो ।
महामारीको समयमा प्रसूति, काजक्रिया र बिरामी बिदा बाहेक अन्य बिदा नपाउने मन्त्रालयले बताएको छ । यी चिकित्सकले जानकारी नै नदिइ बिदा बसेको अस्पतालले जनाएको छ । सामाजिक विकास मन्त्रालयले लापरवाही गर्ने चिकित्सकलाई कारबाही सुरु गरिएको जनाएको छ । सेवा प्रवाहमा बेवास्था गर्नेलाई सेवाबाट हटाउने मन्त्रालयको चेतावनी छ । अन्नपुर्णपोष्ट बाट
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


