कोभिड १९ राहत कोषमा १६ लाख १५ हजार ७२५ संकलन
वालिङ :
वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड १९ राहत कोषमा १६ लाख १५ हजार ७ सय २५ संकलन भएको छ ।
वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा सोमबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु. १६ लाख १५ हजार ७ सय २५ संकलन भएको हो ।
वालिङ नगरपालिकाले स्थापना गरेको राहत कोषमा दुर्गा खिमा फाउण्डेशन वालिङबाट ५१ हजार, शितलनगर बैकल्पिक खानेपानी उपभोक्ता समूहबाट २० हजार, वालिङ ब्याडमिण्टन क्लब वालिङबाट १५ हजार, मैदान पर्यटन होमस्टे वालिङ १२ सिर्सेकोटबाट १० हजार ५ सय ५०, भानूभक्त र चित्रकला सुबेदी वालिङ ८ बाट १० हजार १ सय, मोहम्मद दिन मियाबाट १० हजार गरी सोमबारमात्रै कूल एकलाख १६ हजार ६ सय ५० संकलन भएको हो ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


