वालिङ नगरपालिकाको नयाँ प्रयोग राहत कुपन मार्फत,फोटो खिच्न नपाईने
स्याङ्जा :
कोरोना भाईरस कोभिड १९ को रोकथामको लागि सरकारले देश भर नै लक डाउन गरेपछि मजदुर र अतिविपन्न बर्ग समस्यामा परेको भन्दै सबै तिर राहत बाँड्ने काम भईरहेको छ । स्याङ्जाका सबै स्थानीयतहले राहत बाँडिरहेकाछन् । जहाँ नगरप्रमुख, अध्यक्ष लगायतका जिम्मेवार व्यक्ती पुगिरहेकाछन् तर वालिङ नगरपालिकाले भने यसको फरक तरिकाले प्रयोग गर्न शुरु गरेको छ
पहिलो चरणमा नगरपालिकाले वडा स्तरमा सहयोगको अति आवश्यक्ता परेका परिवारको बिबरण संकलन गरी उनीहरुको वास्तविक अवस्थाको मुल्याङ्कन गरेको जनाएको छ । दोस्रो चरणमा उनीहरुको परिवारको संख्याका आधारमा उनीहरुलाई के कति राहत तथा खाद्यान्न सहयोग गर्ने नीति तयार पारेको हो । अन्तिम चरणमा नगरपालिकाले कुपन मार्फत राहत प्रदान गर्न शुरु गरेको छ । राहत प्रदान गर्दा तस्विर लिन नपाईने नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनुभयो । राहात वितरण गर्दा फोटो खिचाएर सामाजिक संजालमा नराख्ने बताउदै नगरप्रमुख खाँणले फोटो खिचाएर राहात नबाड्न सबै वडाले प्रतिबद्धता गरिसकेको जानकारी दिनुभयो ।
कुपनका आधारमा उनिहरुले पसलबाट सामान लैजान सक्ने छन । नगरले राहत बाड्नको लागि वालिङ उद्योग बाणिज्य संघसंग पनि समन्वय गरेर अगाडि बढेको नगरप्रमुख खाँणले बताउनु भयो ।
वालिङ नगरले स्थापना गरेको कोभिड १९ राहत कोषमा विभिन्न संघ संस्था र व्यक्तिहरुको सहयोगबाट अहिले सम्म १५ लाख भन्दा बढि संकलन भईसकेको छ ।
यता वालिङ उद्योग बाणिज्य संघसँगको छलफल पछि नगरपालिकाले खाद्यान्नको दरभाउ समेत तोकेको छ । वालिङ नगरभित्रका खाद्यान्न पसलहरुमा दैनिक उपभोग्य बस्तुको दरभाउ एउटै बनाउने उद्देश्यले दरभाउ ताकिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले चामल सामा राम्रो प्रतिकेजी रु पचपन्न, अडहर दाल प्रतिकेजी रु एकसय चालिस, मुसुरो दाल प्रतिकेजी एकसय दस, भट्टमास तेल प्रतिलिटर रु एकसय पचास, आयो नुन प्रतिकेजी रु एक्काईस र साबुन लाईफबाँय प्रतिगोटा रु तीस निर्धारण गरिएको हो । दैनिक उपभोग्य बस्तुको खरिद बिक्रीका समयमा तोकिएको दूरी कायम गर्नुपर्ने नगरपालिकाले निर्णय गरेको छ ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


