प्रशासनलाई झुक्याएर गाउँ हिडेका नक्कली मलामीको पोल खुलेपछि…………….
आँधीखोला खबर/स्याङ्जा :
लकडाउनमा सबैजसो मानिस घरैमा नै छन् । यो बीचमा अत्यावश्यक सवारी र कामका लागि जिल्ला प्रशासन कार्यालय र त्यस मातहतका कार्यालयले पास दिने गरेकाछन् । यसरी बाँडिएका पासको चरम दुरुपयोग भएको पाईएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले अन्त्येष्टिमा जान भनी ग१ख ९२४७ नम्बरको बसलाई २१ गतेदेखि २४ गतेसम्मको पास दिएको थियो । यस्तो अवस्थामा पोखराबाट स्याङ्जा बसभरि मलामी जानै कुरा हुँदैन । उसो त स्याङ्जामा मृत्यु हुने धेरैलाई पोखराको सेतीमै जलाउन ल्याउने गरिएको छ ।
पास लिएको गाडी ३३ यात्रु बोकेर स्याङ्जा हिड्यो । मलामी भनी यात्रु लिएर अर्जुनचौपारी जान हिडेको गाडीलाई हेलुमा प्रहरी र जनप्रतिनिधिले नियन्त्रणमा लिएको फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी जानकारी दिनुभयो । उहाँले लकडाउन पूर्ण पालना गरी सुरक्षित बनाउनुपर्नेमा प्रशासनबाटै हचुवामा पास दिइनु हेलचेक्र्याइ भएको बताउनु भयो । पोखराबाट आएका सबैलाई क्वारेन्टाईनमा राख्न अर्जुनचौपारी गाउँपालिकाका कतिपय नागरिकले माग गरेकाछन् । उनीहरुले सामाजिक सञ्चालन मार्फत त्यस्तो माग गरेका हुन् ।
.


समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


