पोखरामा नयाँ कोरोना संक्रमित भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

  पोखरा : पोखरामा कुनै पनि नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले यस्तो जानकारी गराएका हुन्। 

पोखरामा सातौं संक्रमित देखिएको समाचार बाहिरिएपछि मन्त्रालयले यस्तो स्पष्ट पारेको हो। ‘पोखरामा आजसम्म कुनै पनि संक्रमित फेला परेका छैनन्,’ डा देवकोटाले भने।  उनका अनुसार शुक्रबार सवा ४ बजेसम्म १२ सय ७७  जनाको कोरोना परीक्षण गरिएको छ।

यसअघिगण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पनि कुनै पनि नयाँ संक्रमित नभेटिएको स्पष्ट पारेको थियो। शुक्रबार हल्लामा ‘हल्लाको पछाडि नलागौं’ भन्ने फेसबुकमा पोस्ट गरेको निर्देशनालयले त्यसको केही समयपछि नै गण्डकीमा कुनै पनि नयाँ संक्रमित फेला नपरेको स्पष्ट पारेको थियो। 

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP