वालिङ कोरोना परिक्षणको लागि चार जनाको स्वाव पठाईयो (भिडियो सहित)।

आँधीखोला खबर/वालिङ :
कोरोना परिक्षणको लागि वालिङबाट चार जनाकोस्वाव पोखरा पठाईएको छ । आजबाट पोखरामा परिक्षण शुरु भएसँगै वालिङबाट चार जनाको स्वाव परिक्षणका लागि पठाईएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
दुवैबाट आएका एक जनाको र कतारबाट आएका एकजनाको परिवारको स्वाव परिक्षणका लागि पठाईएको हो । संक्रमित व्यक्तिसँग आएकाले वालिङका एक युवाको परिक्षणका लागि पठाईएको हो उनको अवस्था हाल सामान्य रहेको छ ।
तर कतारबाट आएका चापाकोटका एक व्यक्तिको परिवारका ३ जना कोरोनासँग मिल्दो लक्षण सहित ग्रहौं प्राथमिक स्वास्थ्य अस्पतालमा आए पछि उनीहरुलाई आईसोलेशनमा राख्दै स्वाव परिक्षणका लागि पठाईएको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताउनु भयो ।
कोरोना परिक्षणको नतिजा भोलि सम्ममा आउने बताईएको छ । हाल उनीहरुलाई नगरपालिकाले बनाएको आईसोलेसनमा राखेर उपचार भैरहेको छ ।

हेर्नुहोस् भिडियो :

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP