भीरकोटमा बिदेशबाट आएका क्वारेन्टाईनमा, विपन्न समुदायलाई खाद्यान्न वितरण गरिँदै
आँधीखोला खबर/भीरकोट :
विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड – १९ (कोरोना भाइरस) का कारण मृत्यु हुने र संक्रमित हुने व्यक्तिहरुको सङ्ख्या वृद्धिका कारण यतिबेला सारा विश्व नै त्रसित बनेको छ । जसले गर्दा सारा विश्वलाई नै चुनौती दिएको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको अन्तिम अपडेट अनुसार २ सय ३ देशहरुमा फैलिसकेको छ । संक्रमित र मृत्यु हुनेको सङ्ख्या बढिरहेको कारणले अनियन्त्रित रुपमा फैलिन नदिनका लागि विभिन्न देशहरुले लकडाउन घोषणा समेत छन् । चैत्र १५ गते बसेको मन्त्री परिषद्को निर्णयले नेपालमा पनि चैत्र २५ गतेसम्मका लागि तोकेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि तीनै तहका सरकारले काम गरिरहेका छन् ।
यसैबीच स्याङ्जाको भीरकोट नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडा नं. १ मा रहेको कालिका सामुदायिक अस्पताल र कन्साइन्स बोर्डिङ स्कुल साथै वडा नं. २ मा रहेको भुपु सैनिक स्कुलमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । दैनिक उपभोग्य सामाग्रीको कमी हुन नदिनका लागि निश्चित समय तोकेर सुरक्षा सतर्कता अपनाई किनमेलको व्यवस्था मिलाएको छ । अति विपन्न, असहाय तथा वृद्ध र दैनिक मजदुरी गर्नेहरुलाई ध्यानमा राखी दैनिक खाद्यान्नका सामाग्रीहरु वितरण गर्ने समेत निर्णय गरेको छ । सुचना सम्प्रेषणका लागि टोल विकास संस्थाका अध्यक्षहरुलाई सञ्चार शुल्क समेत प्रदान गर्ने निर्णय गरिएको छ । भाइरस संक्रमण फैलिन नदिनका लागि औषधि छर्ने र जनचेतनाका लागि माइकिङ गर्ने कामलाई तिब्रता दिइएको छ ।
नगर प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष दिपेन्द्र केसी भन्नुहुन्छ, ‘अहिले सम्म कुल ४७ जना क्वारेन्टाइनमा रहेका छन् । विभिन्न वडाहरुका ४६ जना होम क्वारेन्टाइनमा रहेको र उहाँहरुको नियमित स्वास्थ्य जाँच गर्दा कोरोना भाइरस संक्रमणसँग मिल्दो जुल्दो कुनै पनि लक्षण देखिएको छैन । एक जना पोखरामा क्वारेन्टाइनमा नै हुनुहुन्छ, उहाँको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’ भाइरस संक्रमण तथा रोकथामका लागि भारत लगायत विभिन्न मुलुकहरुबाट आएका व्यक्तिहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने, सोसल डिस्ट्यान्सिङ कायम राख्नुपर्ने, खानपान तथा व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनुपर्ने, सकारात्मक सोँच राख्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो । (बसन्त बस्नेत, भीरकोट नगरपालिका)
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


