युवा ब्यवसायी ठकुरीले दिए छोराको जन्मदिनमा एक लाख बराबरको सामाग्री
स्याङ्जा : वालिङ नगरपालिका १ रामबाच्छाका एक युवा ब्यवसायी किरण ठकुरीले वालिङ नगरपालिका भित्ररहेका १७ वटा स्वास्थ्य चौकी वडा प्रहरी कार्यालय वालिङ, शसस्त्र प्रहरी र फेदीखोला गाउँपालिका १ मा रहेको अमोर सेवा नेपाल बालगृहको लागि एक लाख रुपैया बराबरको स्यानिटाइजर, माक्स र पञ्जा सहयोग गरेका छन् ।
वालिङमा विधान स्पोर्टस हाउस सञ्चालन गर्दै आएका ब्यावसायी ठकुरीले आफ्नो छोरा विधान ठकुरीको जन्मदिनको अवसर पारेर सो सहयोग गरेका हुन । विश्वरभर महामारीका रुपमा फैलीएको कोरोना भाइरस संक्रमणबाट सबै त्रसित भइरहेका बेला छोराको जन्मदिनमा अन्य कार्य गर्नु भन्दा जनताको उपचारमा खटिने स्वास्थ्य कर्मी र सुरक्षमा खटिने प्रहरीको लागि सहयोग गर्न उपयुक्त लागेर जन्मदिन मनाउने खर्चले सो सामाग्री सहयोग गरेको ठकुरीले बताए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


