प्रजातन्त्र सेनानी तथा स्याङ्जा बम काण्डका रक्त हस्ताक्षर कर्ता रेग्मीको निधन
स्याङ्जा :
प्रजातन्त्र सेनानी तथा स्याङ्जा बम काण्डका रक्तहस्ताक्षर कर्ता सुर्य प्रसाद रेग्मीको निधन भएको छ । लामो समय देखि रक्तचापको बिमारी रहनु भएका ७९ बर्षिीय रेग्मीको ग्रहौं प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धि बहादुर राना कुमारले जानकारी दिनुभयो ।
वालिङ २ राक्सेबेशीमा रहेको आफ्नै निवासमा लडेर घाईते बन्नु भएका रेग्मीलाई उपचारका लागि ग्रहौं प्राथमिक अस्पताल लगिएको थियो ।
कार्यबाहक सभापति रानाका अनुशार भोलि बिहान वालिङ २ राक्सेबेशीबाट स्वर्गीय रेग्मीको शवयात्रा निकालिनेछ र भोलि नै रामनदीधाम राम्दीमा अन्तिम संस्कार गरिनेछ ।
यसैबीच नेपाली कांग्रेसको धरोहर रेग्मीको निधन प्रति कांग्रेस स्याङ्जाले दुःख व्यक्त गरेको छ । कार्यबाहस सभापति रानाले शोक बक्तव्य निकालेर श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
२०२८ सालमा तत्कालिन पञ्चायत शासन बिरुद्ध रक्तहस्ताक्षर गर्दै आन्दोलनमा लाग्ने टोलिका सदस्य रहनु भएका स्वर्गीय रेग्मी केही महिना पहिलेको राष्ट्रिय सभाको चुनावमा गण्डकी प्रदेशबाट उम्मेद्वार समेत बन्नु भएको थियो ।
समाचार
थप सामाग्री
प्रचारप्रसारमा कडाइ गर्दै स्याङ्जा प्रशासन
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै गए राति १२ बजेदेखि मौन अवधि…


