स्याङ्जामा गोली लागेर प्रहरी हवल्दारको ज्यान गयो ।

आँधीखोला खबवर :
स्याङ्जामा गोली लागेर प्रहरी हवल्दार रविन्द्र पौडेलको ज्यान गएको छ । हरिनास गाउँपालिकाको चिसापानीमा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत हवल्दार पौडेलको गोली लागेर ज्यान गएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिनुभयो । बन्दुकमा गोली लोड गर्ने क्रममा अचानक पड्कीदा घाईते भएका अन्दाजी ३६ बर्षका पौडेलको उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो । पोखरा २६ घर एक पौडेल सेवा निबृत हुने तयारीमा रहेको परिवारले जनाएको छ । घटनाबारे अनुसन्धान शुरु भएको र स्याङ्जाका प्रहरी प्रमुख एसपीको टोली त्यसतर्फ गएको बताईको छ । थप बिबरण आउन बाँकी….

स्यांग्जामा कोरोनाको अवस्था :

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP