स्याङ्जा-बिभिन्न प्रकृतिका क्वारेन्टाईनमा बस्नेको संख्या २१३ पुग्यो, लकडाउनको अवज्ञा गर्ने ४९ सवारीसधान नियन्त्रणमा

syangja-police


आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जामा बिभिन्न प्रकृतिका क्वारेन्टाईनमा बस्नेको संख्या २१३ पुगेको छ भने लकडाउनको अवज्ञा गर्ने ४९ सवारीसधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जाका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा १९ जना, सेल्फ क्वारेन्टाईनमा १ जना र होम क्वारेन्टाईनमा १९३ जना रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक एबं प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
यस्तै जिल्लाका ११ वटै स्थानीय तहले बिदेशबाट आएकाहरुको बिबरण संकलन गरीरहेकाछन् ।
यसैवीच बिहिबार पनि जिल्लाको लक डाउन उल्लङ्घन गर्ने २४ वटा बिभिन्न सवारी साधनहरूलाई बिभिन्न स्थानहरूबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । यसअघि हिजो २५ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
उहाँले लकडाउनको पालन गरी आँफू र परिवारलाई सुरक्षित राख्न अनुरोध समेत गर्नुभयो । भण्डारीले लकडाउनका बेला अनाबश्यक सडकमा हिड्नेलाई कारबाही गरिने जानकारी दिनुभयो ।

Facebook Comments Box
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…

TOP