बिदेशबाट आएका १४ जनालाई राखियो कोरेन्टाईनमा, लकडाउनको अवज्ञा गर्ने २५ सवारीसधान नियन्त्रणमा
आँधीखोला खबर/स्याङ्जा :
बिदेशबाट स्याङ्जा आएका १४ जनालाई जिल्लामा बनाईएको कोरेन्टाईनमा राखिएको छ । बिभिन्न देशबाट आएका उनीहरुलाई सरकारी तहबाट निर्माण गरिएको कोरेन्टाईन्मा राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक एबं प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । उनीहरुमा कुनै समस्या नभए पनि पुर्व सतर्कताका लागि कोरेन्टाईनमा राखिएको
कुनै समस्या अहिले सम्म नभेटिएको भए पनि प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । यस्तै जिल्लाका ११ वटै स्थानीय तहले बिदेशबाट आएकाहरुको बिबरण संकलन गरीरहेकाछन् । कतिपयलाई सेल्फ कोरेन्टाईनमा बस्न निर्देशन दिईएको स्थानियतहका पदाधिकारीहरुले बताएकाछन् ।
यसैवीच जिल्लाको लक डाउन उल्लङ्घन गर्ने २५ वटा बिभिन्न सवारी साधनहरूलाई बिभिन्न स्थानहरूबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । प्रहरीले ४ ट्रक, ५ कार, १४ मोटरसाईकल, १ जीप र १ टयाम्पोलाई नियन्त्रणमा लिएको प्रवक्ता भण्डारीले बताउनु भयो । उहाँले लकडाउनको पालन गरी आँफू र परिवारलाई सुरक्षित राख्न अनुरोध समेत गर्नुभयो । भण्डारीले लकडाउनका बेला अनाबश्यक सडकमा हिड्नेलाई कारबाही गरिने जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


